Logo

लो बिडलाई निरुत्साहित गर्न मन्त्री गुरुङको सुझाव



काठमाडौं, २९ चैत्र। शहरी विकासमन्त्री सीता गुरुङले समयमा गुणस्तरीय कार्य गरी ‘लो बिड’लाई निरुत्साहित गर्न निर्माण व्यवसायीलाई अनुरोध गरेका छन्।

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा उनले निर्माण व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता पनि जनाए।

निर्माण उद्योगसँग शहरी विकास र भौतिक पूर्वाधार मन्त्रालयले प्रत्यक्ष सरोकार राख्ने भएकाले दुवै मन्त्रालयको सहकार्यमा निर्माण उद्योगको विकासका लागि नीतिगत निर्णय गरिने जानकारी मन्त्री गुरुङले दिए।

निर्माण व्यवसायीको ठूलो भुक्तानी रोकिएकोतर्फ सङ्केत गर्दै मन्त्री गुरुङले समस्या समाधानका लागि पहल गर्ने बताए। सार्वजनिक खरिद ऐन संशोधन गर्दा निर्माण व्यवसायीलगायत सरोकारवाललाई संलग्न गराइने उनको भनाइ थियो। निर्माण व्यवसायीलाई क्षमताभन्दा बढी काम नलिन उनले सुझाव दिए।

महासङ्घका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद नियमावली पटकपटक संशोधन भए पनि निर्माण व्यवसायीको समस्या समाधान हुन नसकेको जानकारी गराए। मूल्य समायोजन नहुँदा व्यवसायी मारमा परेको भन्दै अध्यक्ष सिंहले समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरे।



प्रतिक्रिया दिनुहोस्