काठमाडौं, ३० चैत्र । नेपाल उद्योग बाणिज्य महासंघको मतदान २ घण्टाका लागि पछि सरेको छ।
पहिलो चरणको मतदानमा कुनैपनि उम्मेद्वारले ५१ प्रतिशत मत कटाउन नसकेपछि मतदान दोश्रो चरणमा अहिले २ बजेदेखि हुने बताइएको थियो।
तर, उम्मेद्वारहरुले सहमतिका लागि मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलसँग २ घण्टाको समय मागेपछि मतदान ४ बजेदेखि हुने भएको हो।
२ घण्टाभित्र सहमति हुन नसके ४ बजेदेखि पुन: दोश्रो चरणको मतदान हुने निर्वाचन अधिकृत पौडेलले बताएका छन्।
पहिलो चरणको मतदानमा वरिष्ठ उपाध्यक्ष पदका लागि उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघई कसैले पनि ५० प्रतिशत मतभार नकटाएपछि सहमतिका लागि प्रयास भइरहेको छ।
दोश्रो चरणका लागि उमेशलाल र अञ्जनबीच सहमतिको प्रयास भइरहेको छ।
रामचन्द्रभने निर्वाचनबाट पछि हटिसकेका छन्।