काठमाडौं,३० चैत । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह(बालेन)को ठाडो निर्देशनमा चार दिनदेखि रोकिएको काठमाडौंको मुख्य प्रशासनिक निकायको फोहोर आजपनि उठ्न सकेको छैन ।
गत शनिवार एक स्टाट्स लेख्दै मेयर शाहले काठमाडौंको मुख्य प्रशासनिक निकाय सिंहदरबार,शीतल निवास,प्रधानमन्त्री निवास र पुल्चोक स्थित मन्त्री निवासको फोहोर नउठाउने घोषणा गरेका थिए ।
सरकारले बागमती नदी किनाराका सुकुम्वासी बस्ती व्यवस्थित गर्न सहयोग नगरेको भन्दै शाहले जवसम्म सरकारले आफ्ना माग पुरा गर्दैन तवसम्म फोहोर नउठाउने बताईसकेका छन् ।
मन्त्रिपरिषदको गत मंगलवारको बैठकले बालेनको निर्णयलाई गम्भिर रुपमा लिदैँ बालेलाई ध्यानाकर्षण गराउने निर्णय गरेको थियो ।
सरकारको ध्यानाकर्षणलाई बेवास्ता गर्दै आज चौथो दिनपनि फोहोर नउठाउँदा सिंहदरबार र प्रधानमन्त्री निवास फोहारको डंगुरले भरिएको छ ।