Logo

शोभा ज्ञवाली उद्योग वाणिज्य महासंघको सदस्यमा निर्वाचित



काठमाडौं, ३० चैत्र । उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको सदस्यमा शोभा ज्ञवाली निर्वाचित भएकी छिन् । महिला उद्यमी महासंघको उपाध्यक्ष रहेकी ज्ञवाली उद्योग वाणिज्य महासंघको वस्तुगत सदस्यमा निर्वाचित भएकी हुन् ।

ज्ञवाली अञ्जन श्रेष्ठको प्यानलबाट निर्वाचित भएकी हुन् । उनी ७२ मत प्राप्त गरी विजयी भएकी हुन् । उनले साना तथा मझौला व्यवसायी र युवालक्षित उद्यमशीलता विकासमा काम गर्ने प्रतिबद्धता जनाएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्