काठमाडौं,१ वैशाख । अभिनेत्री पूजा शर्माले आफूले यो वर्ष विवाह गर्ने बताएकी छन् ।
नयाँ वर्षको अवसरमा काठमाडौँ मलमा अवस्थित फेसियल हाउसले तयार पारेको वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै पूजाले विवाहको बारेमा खुलासा गरेकी हुन् । विवाह मिति भने उनले बताएकी छैनन् । पूजा केही समयदेखि युद्ध बानियाँको प्रेममा छिन् ।
यो वर्ष मुख्यतया मैले मेरो जिन्दगीको एउटा नयाँ निर्णय समेत लिँदै छु । यो वर्ष वैवाहिक जीवनमा बाँधिने मेरो तयारी छ’ उनले थपिन् ।
शर्मा नेपालको एक चर्चित र सफल अभिनेत्री हुन् ।