काठमाडौं, २ बैशाख । शनिबार बिहान बसेको सत्तारुढ तीन दलको बैठक निष्कर्षविहिन बनेको छ।
मन्त्रिपरिषद् पूर्णताबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रालयको भागबण्डाबारे कुरा नमिल्दा निष्कर्षविहिन बनेको हो।
बैठकमा प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगातय तीन दलका नेताहरुको सहभागीता रहेको थियो।
एकीकृत समाजवादीले थप एक मन्त्रालय मागेपछि आजै साँझ पुन: बस्ने गरेर बैठक निष्कर्षविहिन भएको सहभागी एक नेताले बताए।
प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्लाई चाँडो पूर्णता दिने तयारी थालेका छन्।