Logo

देशमा अहिले महाविपत्ति आएजस्तै जनप्रतिनिधिहरुलाई भ्याईनभ्याई हुनु पर्दछ : महामन्त्री थापा



काठमाडौं, २ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा अहिले महाविपत्ति आएजस्तै जनप्रतिनिधिहरुलाई भ्याईनभ्याई हुनुपर्ने बताएका छन्।

शनिबार नेपाली कांग्रेस मकवानपुर–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले देशमा अहिले महाविपत्ति आएजस्तै जनप्रतिनिधिहरुलाई भ्याईनभ्याई हुनुपर्ने बताएका हुन्।

‘प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, चाहे त्यो प्रदेशको मन्त्री होस्। चाहे त्यो नगरको मेयर होस् वा चाहे त्यो वडाध्यक्ष होस्। चाहे त्यो देशमन्त्री, प्रधानमन्त्री होस्’ उनले भने, ‘उसको सोच्ने तरिका भनेको नेपालमा अहिले महाविपत्ति आएको छ। संकटको बेला छ। युद्धको बेलामा जस्तो सोच्ने हुनुपर्दछ। उसलाई भ्याईनभ्याई हुनु पर्दछ। त्यो अप्ठ्यारो उसले महसुस गर्न सक्नु पर्दछ। अनिमात्रै परिणाम दिन सकिन्छ।’



प्रतिक्रिया दिनुहोस्