Logo

बारा २ को ‘वेटिङ सांसद’ शिवचन्द्र कुशवाह नै होः जनमत पार्टी महासचिव



काठमाडौं, ३ वैशाख । जनमत पार्टीका महासचिव चन्दन सिंहले १० दलीय गठबन्धन एउटा नेताका लागि हो कि मुलुकका लागि भन्ने प्रश्न गरेका छन् ।
‘हामी मंसिर ४ मा पनि गठबन्धन बाहिर नै थियौं । अहिले पनि एक्लै लडेका छौं । १० दलीय गठबन्धन भनिएको छ । तर निर्णय चार दल बसेर गरिरहेका छन् । एउटा नेताका लागि गठबन्धन हो कि मुलुकका लागि हो ? कमसेकम प्रधानमन्त्री प्रचण्ड र शेरबहादुर देउवाजीले सोच्नुपर्ने हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
महासचिव सिंहले बारा २ को वेटिङ सांसद शिवचन्द्र कुशवाह नै भएको जिकिर पनि गरे । उनले थपे, ‘बारा २ का जनतालाई सोध्नुस् । माता गढीमाईको मन्दिरको प्रांगणमा राखेर बहस गराउनुस्, अनि थाहा हुन्छ । तीन जना उम्मेदवार (पुरुषोत्तम पौडेल, उपेन्द्र यादव र रमेश खरेल) यो क्षेत्रका होइनन् । कोही अरु क्षेत्रको, कोही अरु जिल्ला र प्रदेशबाट आएका छन् । जनताको सुखदुःखमा साथ दिने उम्मेदवार शिवचन्द्र कुशवाह नै हो । अघिल्लो पटक उहाँले ३५४ मतले हार्नुभएको हो । हाम्रो वेटिङ सांसद शिवचन्द्र कुशवाह हो । वेटिङ क्यान्डिडेटलाई भोट किन नदिने ?’
जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा २ का उम्मेदवार उपेन्द्र यादवले पटक पटक उपप्रधानमन्त्री बन्न आफ्ना नेता-कार्यकर्ताको राजनीतिक हत्या गरिरहेको आरोप पनि उनले लगाए ।



प्रतिक्रिया दिनुहोस्