Logo

संसद्को शून्य समयमा कस्ले के भने ?



काठमाडौं,३ वैशाख । प्रतिनिधिसभाको आजको बैठकमा सांसद्हरुले जनताको प्रत्यक्ष जनजिविकासँग जोडिएका विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकमा बोल्दै नेकपा एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले बझाङको भौगोलिक रुपमा अत्यन्तै विकट रहेको साईपाल गाउँपालिकामा तत्काल खाद्यन्न ढुवानी गर्न र खाद्य डिपो राख्न माग गरेका छन् उनले बझाङबाट बाजुरा जोड्ने सडकहरु स्तरोउन्नति गर्न माग गरे ।

रास्वपा सांसद मनिस झाले आसन्न उपनिर्वाचनमा सिंगो मधेश प्रदेश सरकार गठवन्धनका उम्मेदवार जिताउन बारा- २ लागेको भन्दै प्रदेशको कामकाज ठप्प पारेर सबै शक्ति उपनिर्वाचनमा केन्द्रीत हुनु निर्वाचन आचारसंहिता कार्यान्वयन ऐन-२०७९ र निर्वाचन आयोग ऐन-२०७३ विपरित रहेको उल्लेख गर्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।

एमाले सांसद महेश बर्तौलाले ‘लम्पी स्किन’ नामक रोगले देशैभरिका गाईपालक किसानहरु मारमा परेको भन्दै किसानको करोडौको क्षती पुगेको र दुई वर्षदेखी देखिएको यो रोगको भ्याक्सिनको व्यवस्था गरी क्षती पुगेका किसानलाई उचित राहातको व्यवस्था गर्न माग गरेको छन् ।

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले मनसुनजन्य विपदको घटनामा सरकार र संसद्को ध्यानाकर्षण गराएका छन् । गृहमन्त्रालयको गत वर्षको विवरण अनुसार एक वर्षमा मनसुनजन्य घटनाबाट देशभर ११९ जनाले ज्यान गुमाएको उल्लेख गर्दै सांसद सापकोटाले सिन्धुपाल्चोक,मनाङ,बाग्लुङ लगायतका जिल्लमा विपद्पछि उद्धार र राहात बाढ्न जानेको भिड लागेपनी विपद्को पूर्व तयारीमा भने चासो नदेखाएको भन्दै सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

कांग्रेस सांसद मैना कार्की रावलले विस्तृत शान्ती सम्झौताको मर्म अनुरुप सशस्त्र दन्द्धसँग सम्वन्धित घटनाहरु टुंग्याउन माग गर्दै संसद्मा विचाराधिन टीआरसी विधेयकका कतिपय बुँदाहरु कानुन र शान्ती सम्झौताको मर्म विपरित रहेको भन्दै संशोधन आवश्यक रहेको उल्लेख गर्दै पीडितलाई न्याय र पीडकलाई सजायको ग्यारेन्टी गर्न माग गरिन् ।

जसपा नेपालकी सांसद मन्जु शर्मा अन्सारीले नेपाल कृषिप्रधान देश भएको कारण कृषकको समस्याप्रति सरकार गम्भिर बन्नुपर्ने बताइन् ।

एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री हराएको सूचना पढ्दै फेलापार्ने व्याक्तिले संसद भवनमा बुझाईदिन आग्रह गरेर सरकारलाई ब्यंग्य गरे ।

सांसद् रणकुमारी बलम्पाकी मगरले अतिरिक्त हुलाक कर्मचारीको (डाँक वहाक) मार्सिक तलव अत्यन्तै न्यून रहेको भन्दै तलब वृद्धि गर्न माग गरिन् ।

सांसद् रन्जु कुमारी झाले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै काठमाडौं शहर विश्वकै सबैभन्दा प्रद्षित शहर बन्नु दुर्भाग्यपूर्ण रहेको बताईन । उनले संघीय सरकार र स्थानिय सरकारबीचको टकरावले काठमाडौंका मुख्य प्रशासनिक निकायको फोहोर उठ्न नसकेको भन्दै सम्वन्धित निकायको तत्काल ध्यान जाओस भन्दै ध्यानाकर्षण गरिन् ।

सांसद रमा काईराला पौडेलले भक्तपुर जिल्लामा जनसंख्याको चाप अत्यन्तै धेरै रहेको हुँदा पानिको अभाव भएको उल्लेख गर्दै अचित रुपमा पानिको मुहानको संरक्षण र सम्वद्र्धन गर्न माग गरिन् ।



प्रतिक्रिया दिनुहोस्