काठमाडौं, वैशाख ४ । तेस्रो तलाबाट खसेर गम्भीर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका गाडी चालकको टाउँकाको अप्रेसन गर्नुपर्ने भएको छ ।
आज बिहान करिब ४ बजेको समयमा भरतपुर महानगरपालिका–११ स्थित लामिछानेको घरको छतबाट खसेर उनी घाइते सवारी चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का ३९ वर्षिय शम्भु भन्ने दिल बहादुर थापाको अवस्था गम्भीर छ ।
पुरानो मेडिकल कलेजमा उपचार गराईरहेका उनको खुट्टा र टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए। थापालाई अहिले टाउकाको अप्रेसनका लागि अप्रेसन कक्षमा लगिएको उनले बताए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।