Logo

प्रबन्ध निर्देशक दुगड प्रबल जनसेवाश्रीबाट सम्मानित



काठमाडौं, वैशाख ४ ।  केएल दुगड समूहका प्रबन्ध निर्देशक कुमुद दुगड प्रबल जनसेवाश्रीबाट सम्मानित भएका छन् । निर्देशक दुगडलाई रामचन्द्र पौडेलले  ‘प्रबल जनसेवाश्री’ मानपदवीबाट  विभूषित गरेका हुन् ।

मुलुकको  समग्र औद्योगिक तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप उद्यागी तथा समाजसेवी दुगडलाई सो मानपदवी प्रदान गरिएको जनाएको छ ।  उक्त सम्मान कार्यक्रम यही वैशाख १ गते राष्ट्रपति निवास शितल निवासमा गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्