काठमाडौं, ४ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको मुख्य तीन दलका नेताहरुको बैठक सम्पन्न भएको छ। ओली निवास बालकोटमा आज विहान बसेको बैठक भर्खरै सम्पन्न भएको हो । सो बैठकमा प्रधानन्यायाधीशको नियुक्त प्रक्रिया थाल्नेबारे छलफल भएको हो । बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संवैधानिक परिषद्को बैठक बोलाउन तीन दलका नेताहरु सहमत भएको जानकारी द्यिए ।
उनले भने–‘सर्वोच्च अदालतको प्रधानन्यायाधीश कार्यवाहकको भरमा चलेको छ। लामो समयदेखि नेतृत्व कार्यवाहक रहेकोले, यो स्थिति रहनुहुँदैन भन्ने कुरा उठिराखेको छ । प्रधानमन्त्रीले यो कुरामा विशेष पहल गर्नुभयो । प्रधानमन्त्रीले प्रधाननयायधाीशको स्थायी नियुक्तको लागि पहल गर्नुभयो । प्रधानमन्त्रीले संवैधानिक परिषदको बैठक डाक्ने र प्रधानन्यायाधीश नियुक्त गर्ने प्रस्ताव राख्नुभयो । विपक्षी दलका नेता ओलीले हुन्छ भन्नुभएको छ । अब चाँडै बैठक बस्छ । संसद् सञ्चालनका बारेमा र संसदीय समितिलाई पूर्णता दिनेबारे पनि छलफल भएको छ । अरु विषयमा छलफल गर्दै जाने सहमति भएको छ । अब संसदीय समितिले पनि चाँडै पूर्णता पाउँछ ।”