काठमाडौं, ४ बैशाख । यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बाइकिङ बिक्री सुरु गरेको छ।
कम्पनीले गति र शक्तिको सम्मिश्रण रहेको विशिष्ट र स्लिक एरोडायनामिक स्पोर्टी डिजाइनका साथ निर्माण गरिएको एरोक्स १५५ बिक्री सुरु गरेको हो।
यो स्कुटरको प्रदर्शन, शैली र सवारी अनुभवका लागि यसले नयाँ मानक सिर्जना गर्ने कम्पनीले जनाएको छ। यसमा रहेको लिक्विड कुल्ड इन्जिनले १२० किमी प्रतिघन्टाको उच्च गति भएको नेपालको सबैभन्दा छिटो स्कुटर बनाएको कम्पनीको दाबी छ।
यसको १५५ सिसीको ‘आर’ डिएनए इन्जिनले १५ पिएस पावर दिने कम्पनीको भनाइ छ। अगाडिका एलइडी हेडलाइटले रात्रि समयमा पनि उत्कृष्ट भिजिबिलिटी प्रदान गर्ने तथा पछाडिको टेल लाइटमा बाह्र कम्प्याक्ट एलइडी रहेकाले बाइकको सौन्दर्यमा आधुनिकताको स्पर्श थप्दै थ्रिडीको आवरण दिने उल्लेख छ।
यसको ५.८ इन्च एलसिडी इन्स्ट्रुमेन्ट स्क्रिनले स्पिडोमिटर, आरपिएम र भिभिए सूचकहरू प्रदर्शन गर्ने हुनाले सवारहरूलाई सडकमा हुँदा महत्वपूर्ण जानकारी ट्र्याक गर्न सजिलो हुने कम्पनीको दाबी छ।
स्कुटरमा जडान गरिएको यामाहा वाई–कनेक्टले सवारको स्मार्ट फोनमा सम्बन्धित एपमार्फत जडान गर्न सकिने जनाइएको छ। यसले सवारहरूलाई मर्मतको समय, खराबीका सूचनाहरू, माइलेज, ब्याट्रीको स्तर र पार्किङ स्थानजस्ता कुराहरू ट्र्याक गर्न सहज बनाउने कम्पनीको भनाइ छ।
यामाहा एरोक्स १५५ रेसिङ ब्लू, ग्रे वर्मिलियन र मेटालिक ब्ल्याक गरी तीन रङमा उपलब्ध रहेको जनाइएको छ। यसको मूल्य चार लाख ७४ हजार नौ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ।
बिक्री प्रारम्भको अवसर पारेर एमएडब्लू इन्टरप्राइजेजका सिइओ राजु क्षेत्रीले एरोक्स १५५ नेपालको स्कुटर बजारमा नयाँ मोड भएको बताए।
उनले भने, ‘यसले नयाँ र अनुभवी राइडरहरू दुवैका लागि पफर्मेन्स, स्टाइल, राइडिङ एक्सपेरियन्सजस्ता विषयमा नयाँ मापदण्ड स्थापित गरेको छ। यो स्कुटरको शक्तिशाली इन्जिन, अत्याधुनिक प्रविधि र आकर्षक डिजाइनका कारण नेपालका दुईपांग्र्रे सवारीसाधनप्रेमीले यसलाई राम्रोसँग स्वीकार गर्नेछन् भन्नेमा म विश्वस्त छु।’