काठमाडौं, वैशाख ५ । एसीसी प्रिमियर कप अन्तर्गत नेपालले पहिलो खेलमा मलेसियाको सामना गरिरहेको छ। खराब प्रदर्शनबाट गुज्रिरहेको नेपालको लागि दोस्रो सफलता मिलेको छ।
नेपालका स्पिनर सन्दिप लामिछानेले नेपालको लागि महत्वपूर्ण दोस्रो विकेट लिएका हुन्। ३३ औं ओभरमा उनले मलेसियाका अहमद फैजलाई आउट गरे। ७६ रन बनाएर खेलिरहेकाक फैजलाई सन्दिपले शेखकाे हातबाट क्याच गराएका हुन्। मलेसियाले दुई विकेटको क्षतिमा १४७ रन बनाएर ३६ औं ओभर खेल्दै छ।
नेपालका लागि पहिलो सफलता गुल्सन झाले दिएका थिए। नेपालका गुल्सन झाले मलेसिया महोम्मद अमिरलाई पवेलियन फर्काएका छन्। नेपालको फितलो प्रदर्शन गरेको छ।