Logo

राष्ट्रपति पौडेललाई श्री एयरको विमानबाट नयाँ दिल्ली लगिँदै



काठमाडौं, वैशाख ६ । छातीमा संक्रमण भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि आज भारत लगिँदै छ।

नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट आफ मेडिकल साइन्सेस (एम्स) मा थप उपचार गर्ने तयारी अनुसार राष्ट्रपति पौडेललाई श्री एयरको विमानमार्फत भारत लैजान लागिएको हो ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पौडेलका अनुसार उनका साथमा चिकित्सकसहित श्रीमती, छोरालगायतको टोली भारत जाँदैछ। राष्ट्रपति पौडेलको स्वास्थ्यमा एकसातादेखि समस्या देखिएको हो।

गत साता उनी त्रिवि शिक्षण अस्पतालमा तीन दिन भर्ना भएर उपचार गराएका थिए। सोमबार ‘फलोअप’का लागि गएका पौडेलको छातीमा जमेको पानी निकालेर परीक्षण गर्दा संक्रमण भएको पाइएको थियो।



प्रतिक्रिया दिनुहोस्