Logo

राष्ट्रपति पौडेललाई उपचारका लागि दिल्ली लगियो, को–को पुगे विमानस्थल ?



काठमाडौं, वैशाख ६ । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लर्गिँएको छ। छातीमा संक्रमण देखिएको पौडेललाई नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट आफ मेडिकल साइन्सेस (एम्स) मा थप उपचार गराउन श्री एयरको विमानमार्फत त्यसतर्फ लगिएको हो ।

उनका साथमा चिकित्सकसहित श्रीमती, छोरालगायतको टोली भारत गएका छन् । उनलाई परराष्ट्रमन्त्री एनपी साउद र गृहमन्त्री नारायणकाजी श्रेष्ठले विमानस्थल पुगेर विदाई गरेका थिए । राष्ट्रपति पौडेलको स्वास्थ्यमा एकसातादेखि समस्या देखिएको हो।

गत साता उनी त्रिवि शिक्षण अस्पतालमा तीन दिन भर्ना भएर उपचार गराएका थिए। सोमबार ‘फलोअप’का लागि गएका पौडेलको छातीमा जमेको पानी निकालेर परीक्षण गर्दा संक्रमण भएको पाइएको थियो।



प्रतिक्रिया दिनुहोस्