काठमाण्डौं, वैशाख ६ । नेपाली बजारमा बुधबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुनको मूल्य १ लाख १० हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ९ हजार ७५० रुपैयाँ कायम भएको छ। आज छापावाल सुन प्रतितोला ३०० रुपैयाँ र तेजाबी सुन २५० रुपैयाँ बढेको हो।
मंगलबार स्थिर रहेको सुनको मूल्य सोमबार प्रतितोला छापावाल १ लाख १० हजार रुपैयाँ र तेजाबी १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ४४५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ४३५ रुपैयाँमा किनबेच भएको थियो।