Logo

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार भने खुम्चियो



काठमाडौं,६ वैशाख । साताको चौथो दिन आज (बुधवार) शेयर बजारमा वृद्धि भएको छ ।

आज शेयर बजार परिसुचांक नेप्से १५. १३ अंकले बढेर १९२०.१२ अंकमा पुगेको छ ।
नेप्सेमा दोहोरो अंकको वृद्धिहुँदापनि कारोबार भने खुम्चिएको छ ।

आज २५ लाख ७९ हजार कित्ता शेयर कुल ८७ करोड,२१ लाख ४१ हजार बराबरमा कारोबार भएको छ।

कुल २२० कम्पनिको कारोबार भएकोमा १६७ कम्पनिको मुल्य बढेको दिन आज ४१ कम्पनिका लगानीकर्ताले भने गुमाएका छन्। त्यस्तै १२ कम्पनिको मुल्यभने स्थिर रहेको छ ।



प्रतिक्रिया दिनुहोस्