Logo

मिटरब्याजीको समस्या समाधानका लागि सरकारले काम थालिसक्यो, आयोग नै गठन भइसक्यो : सञ्चारमन्त्री शर्मा



काठमाडौं, ७ बैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले सरकारले मिटरब्याजीको समस्या समाधानका लागि काम थालिसकेको बताएका छन्।

बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले सरकारले मिटरब्याजीको समस्या समाधानका लागि काम थालिसकेको बताएका हुन्।

उनले भने, ‘मिटरब्याजीहरुको समस्या समाधानका लागि सरकारले काम थालिसकेको छ। आयोग नै गठन भइसक्यो, यसको कार्यालय जनकपुरमा हुन्छ। यो मिटरब्याज छ कि छैन भनेर खोज्ने आयोग होइन, कुन मिटरब्याजीले कति ठगेको छ ? त्यसको जाहेरी लिएर कारबाही गर्ने आयोग हो।’



प्रतिक्रिया दिनुहोस्