काठमाडौं, ८ बैशाख । भूपू सुरक्षाकर्मीहरुको टोलीले उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेको छ । मन्त्रालयमा पुगेर आज (शुक्रबार) माओवादी द्धन्द्धको समयमा सरकारको तर्फबाट लडेका सुरक्षाकर्मी, लडाईंमा वीरगति प्राप्त गर्नेहरुको परिवार, घाईतेलगायतलाई सरकारले कानूनी निश्पक्षता अपनाओस भनेर पीडित परिवार, घाईतेहरु र भूपू सुरक्षाकर्मीहरुको टोलीले गृहमन्त्री श्रेष्ठसँग भेटवार्ता गरेको हो ।
उक्त टोलीमा सहभागी प्रेमसिंह बस्न्यातले आफूहरु विगत ३० दिनदेखि आन्दोलनरत भएको थाहा पाएपछि गृहमन्त्री श्रेष्ठले नै बोलाएर आफूहरुसँग छलफल गरेको जानकारी दिए । उनकाअनुसार आजको वार्तामा गृहमन्त्री श्रेष्ठले कानूनीराजको लागि वचन दिएको र अब वार्ता प्रक्रिया अघि बढ्नेछ । उनले आफूहरुले द्धन्द्धमा भाग लिने सरकार र माओवादीतर्फ दुबैकालाई कानुनी राजअनुसार व्यबहार हुनुपर्ने धारणा राखे ।