Logo

अध्यक्ष नेपाल भन्छन्, ‘एउटै मोर्चा बनाऔं, मोर्चा बनाएर देशमा तरङ्ग पैदा गरौं’



काठमाडौं, ९ बैशाख । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्टहरु अलगअलग बस्दा शक्ति छरिएको हुँदा प्रतिक्रियावादीइहरुले अवसर पाएको बताएका छन्।

शनिबार कम्युनिष्ट पार्टी स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कम्युनिष्टहरु अलगअलग बस्दा शक्ति छरिएको हुँदा प्रतिक्रियावादीइहरुले अवसर पाएको बताएका हुन्।

‘हामी अलग अलग बस्दा शक्ति छरिएको हुन्छ। त्यसले गर्दा प्रतिक्रियावादीहरुले अवसर पाउँछ। त्यसकारण हामी मिल्नुपर्छ। एकैठाउँमा आउँनुपर्छ। हामीले सोचिरहेका छन्। देश र जनताको साझा विषयमा सहकार्य गर्दै जाँदा एउटा मोर्चा बनाऔं। मोर्चा बनाएर देशमा हामीले एउटा तरङ्ग पैदा गरौं,’ उनले भने।



प्रतिक्रिया दिनुहोस्