Logo

कमजोर विद्यार्थीको पुनः परीक्षा लिन्छौं : डीएभी



ललितपुर, वैशाख १० । डीएभी सुशील केडिया विश्व भारती विद्यालयले कक्षा ८ की छात्रालाई कुनै अपमान नगरेको दाबी गरेको छ ।

विद्यालयका सहायक प्रधानअध्यापक रामचन्द्र खनालले आफ्नै छोराछोरी समान कुनै पनि विद्यार्थीलाई अपमान नगरेको दाबी गर्दै भने– ‘अघिल्लो दिन नानुकी आमा र उनीसँग छलफल गरेका थियौं, त्यसबेला बाबा खै त ? भन्दा व्यस्तताले आउनसक्नु भएन भनेर नानुकी आमाले जवाफ दिनुभयो । भोलिपल्ट नानुको बाबा उपेन्द्र सर विद्यालयमा आएर ममाथि अपमान भएका कारण छोरीको विद्यालय परिवर्तन गर्छौं भन्दै विथ ड्र फारम भरेर जानुभयो ।

विद्यालयले सबै विद्यार्थीलाई समान ठानेका र सुब्बाको पढाइको अवस्थाबारे उनका अभिभावकलाई पटकपटक जानकारी दिएको जिकिर गर्दै उनले भने– ‘उनी त पढाइमा अलि कमजोर छन् है भनेका थियौं । तै पनि उनीमाथि हामीले कुनै नराम्रो व्यवहार गरेका थिएनौं, एकाएक समाजिक सञ्जालमा विद्यालयमाथि आक्षेप लगाएर स्टाटस लेखेपछि हामीलाई दुःख लागेको छ ।’

गत सोमबार सामाजिक सञ्जालमा कवि सुब्बाले एसईईमा राम्रो नम्बर ल्याउने विद्यार्थी देखाउन कक्षा ९ मा विद्यालयले कमजोर भनिएका विद्यार्थीलाई सिकाउनुको साटो स्कुल छाड्न बाध्य बनाउने रहेछन् भनेर लेखेका थिए ।

चैत २९ गते भरेको स्थानान्तरण फारममा कवि सुब्बाले छोरीलाई स्थानान्तरण गर्नुको कारण ‘व्यक्तिगत’ उल्लेख गरेका छन् । स्थानान्तरण सँगै चारित्रिक प्रमाणपत्रका लागि पनि उनले फारम भरेका थिए। विद्यालय प्रशासनका अनुसार सुब्बाले ११ दिन बित्दासमेत प्रमाणपत्र लगेका छैन् ।

पछिल्लो घटनाबारे जानकारी दिंदै ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले भने– ‘कक्षा २ देखि सोही स्कुलमा पढिरहेकी सुब्बाकी छोरी कक्षा ६ देखि कमजोर थिइन्, उनलाई विद्यालयले मेहेनत गरेर पढाइरहेको थियो । अभिभावक र विद्यालयबीच असमmदारी हुँदा समस्या आएको हो ।’ नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्