Logo

मतदानस्थलको निरीक्षणपछि रविको प्रतिक्रिया : मंसिरकोभन्दा धेरै राम्रो नतिजा आउँछ भन्नेमा आशावादी छु



काठमाडौं, १० बैशाख । चितवन–२ उपनिर्वाचनका उम्मेदवार एवम् रास्वपाका सभापति रवि लामिछानेले यसपटक मंसिरको भन्दा राम्रो परीणाम आउने दाबी गरेका छन् । मतदानस्थलको निरीक्षणपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिने क्रममा उनले यस्तो दाबी गरेका हुन् ।

उनले सबैतिरबाट सकारात्मक प्रतिक्रिया पाएको भन्दै थपे,‘सबैतिरबाट राम्रो र सकारात्मक प्रतिक्रिया पाएको छु । मेरो हृदयले शुभदिन भन्छ । बिहानैदेखि उत्साह देखिएको छ । जुन प्रतिक्रिया प्राप्त गरेको छु, एकदम सकारात्मक रुपले लिएको छु । त्यसैले नतिजा असाध्यै उत्साजनक हुनेछ । अघिल्लोपटकको भन्दा पनि राम्रो हुन्छ भन्नेमा म आशावादी छु । मैले त्यही अनुमान गरेको छु ।’

यसपटक उनीसँग कांग्रेसबाट जितनारायण श्रेष्ठ र एमालेबाट रामप्रसाद न्यौपाने चुनावी प्रतिष्पर्धामा छन् । श्रेष्ठ र न्यौपानेले पनि आफ्नो जित सुनिश्चित् भएको दाबी गर्दै आएका छन् ।

https://www.facebook.com/deepak.r.bohara/videos/9999067456785638



प्रतिक्रिया दिनुहोस्