काठमाडौं, १० बैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको पछिल्लो भूमिकाको आलोचना गरेका छन् । उनले प्रधानमन्त्री प्रचण्डले राजनीतिक समीकरण फेरेर राजनीतिक वेश्यावृत्ति गरेको आरोप लगाए ।
युवा संघको नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहणको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो कडा टिप्पणी गरेका हुन् । उनले भने, ‘प्रचण्ड कमरेडले तनहुँ र चितवनलगायतको ठाउँमा बोल्नुभएको थियो । हामी एमालेसँग सहकार्य गरिरहेका थियौं मेरो ध्यान चाहिँ देउवासँग थियो । देउवासँग मेरो डिप लभ परेको थियो भन्नुको मतलब त्यसलाई राजनीतिक वेश्याको उपमा दिन सकिन्छ । राजनीतिक वेश्वावृत्ति गर्ने प्रचण्ड प्रवृत्तिविरुद्ध राष्ट्रिय युवा सँग लाग्छ ।’
नेता बस्नेतले एमालेलाई बलियो र एक्लै बहुमत आउने पार्टी बनाउन लाग्न पनि संघका पदाधिकारीलाई निर्देशन दिए । सो क्रममा उनले युवा संघले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।
https://www.facebook.com/MaMaheshBasnet/videos/768390581506504