काठमाडौं,१० वैशाख । मतदान चलिरहँदा झडप भएपछि रोकिएको चितवनको भरतपुर -११ स्थित किरण कमल कुसुम मतदान केन्द्रको मतदान तत्काल सुरु गर्न माग गर्दै नाराबाजी गरेका छन् ।
मतदान केन्द्रमा मत खसाल्न उपस्थित भएका हरुले मतदान सुरु गर्न माग गर्दै नाराबाजी गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमालेका कार्यकर्ताबीच भनाभन र झडप हुँदा केहीबेर अघीदेखि उक्त मतदान केन्द्रमा मतदान रोकिएको थियो ।
अहिले सर्वपक्षीय छलफल गरेर मतदान सुरु गर्ने तयारी भईरहेको छ ।