काठमाडौं, १० बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन-२का उम्मेद्वार रवि लामिछानेविरुद्ध उजुरी परेको छ।
उम्मेद्वार लामिछानेविरुद्ध निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै नेपाली कांग्रेसका उम्मेद्वार जितनारायण श्रेष्ठका प्रतिनिधि ध्रवराज पोखरेलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन्।
लामिछानेमाथि मतदान भइरहेको बेला सामाजिक सञ्जाल र अनलाइनबाट मत मागेको, लामिछानेले मतदान केन्द्रमा हुलहुज्जत गर्ने गराउने गरी मतदातालाई प्रभावित बनाएको उजुरीमा दाबी गरिएको छ।