Logo

राष्ट्रपति पौडेलको स्वास्थ्यमा क्रमिक सुधार



काठमाडौं, वैशाख ११ । भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भएको छ । उनको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले आइतबार सो जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

उनको स्वास्थ्य उपचार बुधबारदेखि पाँचौं दिन पनि नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ । राष्ट्रपति पौडेल स्वास्थ्य उपचारका लागि बुधबार भारत प्रस्थान गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्