Logo

तनहुँ मतगणना अपडेट : वाग्लेले बढाए मतान्तर, तीन हजार २१३ मतको अग्रता



काठमाडौं, वैशाख ११ । आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा. स्वर्णिम वाग्लेले दोब्बर मतले अग्रता लिएका छन्।

गएराति ११ः४५ बजेदेखि मतगणना सुरु भएकामा आज बिहान सात बजेसम्मको नतिजाअनुसार रास्वपाका डा वाग्लेले अग्रता लिएका हुन् ।

भानु नगरपालिका र आँबुखैरेनीका सात वडाको १० हजार ६३८ मतगणना सम्पन्न हुँदा वाग्लेले पाँच हजार नौ सय मत प्राप्त गरेका छनु ।

नेपाली कांग्रेसका गोविन्द भट्टराईले दुई हजार ६ सय ७८ र नेकपा (एमाले) का सर्वेन्द्र खनालले एक हजार छ सय ५७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्