Logo

तनहुँ-१ : वाग्लेको अग्रता झन बढ्यो, १३ हजार ६५ मत गन्दा वाग्ले चार हजार ५९ मतान्तरले अगाडी



काठमाडौं, वैशाख ११ । आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले दोब्बर मतले अग्रता कायमै राखेका छन् ।

गएराति ११ः४५ बजेदेखि सुरु भएको पछिल्ले मतगणना अनुसार रास्वपाका डा वाग्लेले चार हजार ५९ मतले अग्रता लिएका हुन् ।

१३ हजार ६५ मतगणना हुँदासम्म स्वर्णिम वाग्ले सात हजार २९३, गोबिन्द भट्टराईले तीन हजार २३४ र सर्बेन्द्र खनालले दुई हजार १३४ मत ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्