Logo

नरभक्षी बाघलाई महारानी उपनाम दिएर चिडियाखानामा



काठमाण्डौ, वैशाख ११ । कञ्चनपुरको शुक्लाफाँंटा राष्ट्रिय निकुञ्ज क्षेत्रको नरभक्षी बाघलाई जावलाखेलस्थित सदर चिडियाखाना ल्याइको छ ।

निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकको सहयोगमा बाघलाई सदर चिडियाखाना ल्याइएको हो । उक्त नरभक्षी बाघले गत शुक्रवार कञ्चनपुर, बेलौरी नगरपालिका–८ पचुई क्षेत्रमा पर्ने खप्टी नालामा ४२ वर्षीया गंगादेवी चन्दलाई आक्रमण गरेपछि उनको ज्यान गएको थियो ।

चन्दको शव अस्ति शनिवार बिहान भेटिएको थियो । उनीसँगै घाँस काट्न गएका अरु महिलाले भने भागेर ज्यान जोगाएका थिए ।

हात्तीसहित खटिएको डिभिजन वन कार्यालय कञ्चनपुरको टोली, निकुञ्ज कार्यालय नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, कोषको शुक्लाफाँटा संरक्षण कार्यालयलगायत प्राविधिकसहितको टोलीले डार्ट गरेर बाघलाई नियन्त्रणमा लिइएको थियो । आइतबार बेलुका सदर चिडियाखाना जावलाखेल ल्याइएको यो पोथी बाघको नाम महारानी राखिएको छ ।

चिडिायाखानामा योसहित बाघको सङ्ख्या ५ पुगेको छ । यसमध्ये ४ वटा भाले बाघ चिडियाखानामा रहेका छन् ।
हिजो ल्याइएको पोथी बाघलाई चिडियाखानमा रहेको महाराज नामक भाले बाघसँगै राखिने छ । महाराजसँगै राख्ने भएकाले यो पोथी बाघको नाम महारानी राखिएको छ ।



प्रतिक्रिया दिनुहोस्