काठमाडौं,११ वैशाख । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले फेसबुकमार्फत् संघीय र प्रदेश सरकारलाई राखिएका चार बुँदे मागहरु सार्वजनिक गरेका छन् ।
उनले अनुसन्धान, नवप्रवर्तन र आविस्कारलाई उच्च प्राथमिकता दिनुपर्ने बताउँदै आफ्ना मागहरु सार्वजनिक गरेका हुन् ।
अनुसन्धान, नवप्रवर्तन र आविस्कार गर्ने प्रतिभाशाली र क्षमतावान व्यक्तिलाई अनुसन्धानको क्रममा सहयोग गर्न भन्दै उनले संघीय र प्रदेश सरकरार समक्ष विभिन्न चार बुँदामा आफ्ना मागहरु राखेका छन् ।
‘उद्यमी बन्न चाहने नेपालीहरुलाई उद्यम सुरु गर्नका लागि चाहिने अनुमति, लाइसेन्स र सहज ऋण उपलब्ध गराइयोस् र स्वदेशी उत्पादनलाई बजारीकरण गर्न ठोस सहयोग गरियोस्,’ उनले लखेका छन्, ‘प्राइभेट अनुसन्धान केन्द्र, मुनाफा वितरण नगर्ने अनुसन्धान केन्द्र र विश्वविद्यालयहरुमा व्यावहारिक अनुसन्धानलाई उच्च प्राथमिकताका साथ प्रोत्साहन गर्न र प्रबर्धन गर्नको लागी विज्ञान मन्त्रालय अन्तर्गत व्यावहारिक अनुसन्धान र नवप्रवर्तन विभाग खोलियोस ।’