काठमाडौं, ११ बैशाख । प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत चितवन-२ मा भएको मतदानको मतगणना इच्छाकामना गाउँपालिकाबाट गरिने भएको छ।
सोमबार अपरान्ह बसेको सर्वदलीय बैठकले इच्छाकामना गाउँपालिकाबाट मतगणना गर्ने र सबै वडाहरूको अलगअलग गणना गर्ने सहमति भएको छ।
सो सहमितसँगै अब मतगणना सुरु गर्ने निर्वाचन आयोगले तयारी गरेको छ।
गत प्रतिनिधिसभाको निर्वाचनमा पनि चितवन-२ मा इच्छाकामना गाउँपालिकाबाट नै मतगणना सुरु भएको थियो।
सो समयमा इच्छामनकामनाबाट एमालेले अग्रता लिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार रवि लामिछाने दोस्रो भएका थिए।