Logo

प्रचण्ड, देउवा र ओलीको फेरि सिंहदरबारमा भेट, यी हुन छलफलका विषय



काठमाडौं, ११ बैशाख । प्रमुख दलका शीर्ष नेताहरु सिंहदरबारमा छलफलमा जुटेका छन् । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्रीको कार्यालयमा भेटवार्ता भएको हो । सो क्रममा संसदीय समितिहरूको नेतृत्व र टिआरसी विधेयक लगायतका विषयमा छलफल भएको बताईएको छ ।

एमालेले सार्वजनिक लेखा समितिसहित चार वटा संसदीय समितिमा दाबी गरेको छ । तर, प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाले चार समिति एमालेलाई दिन नसकिने अडान लिएका छन् ।

संसदीय समितिको नेतृत्व बाँडफाँटमा प्रमुख दलबीच सहमति हुन नसकेको अवस्थमा आज शीर्ष नेताहरु पूनः छलफलमा जुटेका छन् । त्यस्तै टिआरसी विधेयकमा पनि सहमति हुन सकेको छैन।

बैठकमा एमालेबाट उपनेता सुवासचन्द्र नेम्वाङ र प्रमुख सचेतक पदम गिरीपनि सहभागी छन् । यता, कांग्रेसबाट प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे पनि बैठकमा सहभागी छन् ।



प्रतिक्रिया दिनुहोस्