काठमाडौं, ११ वैशाख । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उम्मेद्वार रवि लामिछानेले अग्रता बढाउँदै लगेका छन्।
प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत भएको निर्वाचनको पछिल्लो परीणाम अनुसार सभापति लामिछानेले ४, ३५८ मत ल्याएका छन्।
उनका प्रतिद्वन्द्वी नेकपा(एमाले)का रामप्रसाद न्यौपानेले २,५८५ मत पाएका छन् ।
यस्तै, नेपाली कांग्रेसका उम्मेद्वार जितनारायण श्रेष्ठ २,२०५ मतसहित तेस्रो स्थानमा रहेका छन्।