काठमाडौं, ११ वैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तन उल्ट्याउन चाहने तत्वहरू सल्बलाउन थालेकाको दाबी गरेका छन्।
सोमबार नेपाल रिपब्लिक मिडियाको १५औं वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले परिवर्तन उल्ट्याउन चाहने तत्वहरू सल्बलाउन थालेकाको दाबी गरेका हुन्।
उनले भने,‘हिजो संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जसरी पत्रकारिता र राजनीतिक क्षेत्रबीच सहकार्य भयो, मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्न आज पनि हामीबीच त्यस्तै सहकार्य आवश्यक छ। पछिल्ला दिनमा परिवर्तनलाई उल्ट्याउन चाहने तत्वहरू सल्बलाउन थालेकाले यसप्रति पनि हाम्रो सतर्कता जरुरी भएको छ।’