काठमाडौं, १२ बैशाख । नेकपा (माओवादी केन्द्र) का युवा नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले प्रधानमन्त्री पुष्पकमल दाहालको आलोचना गरेका छन् । उनले सरकारको कार्यसम्पादन जुन उचाईबाट हुनुपर्ने त्यो नभएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले यस्तो टिप्पणी गरेका हुन् । उनले सरकार असफल हुँदा अब माओवादी पनि सकिने सनसनीपूर्ण दाबी गरेका छन् । उनले ढ्याउॅ गरेर डकारीरहेको सिंहदरबारलाई छाक टार्न लडिरहेका तलकाहरूले सधैं नबोक्ने पनि जिकिर गरेका छन् ।
उनले लेखेका छन्-
आदरणिय पार्टी अध्यक्ष-प्रधानमन्त्रिको ध्यानकर्षण होस् ! सरकार असफल हॅुदा माओवादी पनि सकिन्छ, जुन उचाईबाट सरकारको कार्यसम्पादन हुनुपर्ने हो, भईरहेको छैन । यतिबेला मात्रै सरकार सफल हुन्छ जतिबेला जनता, कार्यकर्ता र नेतालाई आफ्नो जस्तो लाग्छ । ढ्याउॅ गरेर डकारीरहेको सिंहदरबारलाई छाक टार्न लडिरहेका तलकाहरूले संधै बोक्दैन है !