काठमाडौँ, १२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद् ढाकाकुमार श्रेष्ठ आजबाट पद मुक्त भएका छन्।
सांसद् श्रेष्ठ मंगलबारदेखि पद मुक्त भएको जानकारी केहीछिन पछि सभामुख देवराज घिमिरेले संसदमा जानकारी गराउने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
सांसद् श्रेष्ठलाई व्यवसायी दुर्गा प्रसाईँसँग मन्त्री बन्नका लागि पैसा मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले उनलाई पार्टीबाट निष्काशन गर्ने निर्णयसमेत गरेको थियो।
श्रेष्ठ समानुपाति कोटा सांसद् बनेका थिए।