काठमाडौं,१३ वैशाख । राष्ट्रिय सभाले संसदीय विशेष समितिमा रहने तीन सदस्य मनोनित गरेको छ ।
आज बसेको बैठकले नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रबाट एक एक सदस्य मनोनित चयन गरेको हो ।
जसमा नेकपा एमालेबाट राष्ट्रिय सभामा प्रमुख सचेतक रहेका देवेन्द्र दाहाल,नेपाली कांग्रेसबाट रमेशजंग रायमाझी र माओवादी केन्द्रबाट जगप्रसाद शर्मा मनोनित भएका छन् ।
१५ सदस्यीय संसदीय समिति रहने व्यवस्था संविधानले गरेको छ । जसमा प्रतिनिधि सभाका १२ र राष्ट्रिय सभाका तीन सदस्य रहन्छन् ।
समितिले प्रधानन्यायाधीश,सर्वोच्च अदालतका न्यायाधीश,न्यायपरिषदका पदाधिकारी,राजदुत र संबैधानिक परिषदका पदाधिकारीको नियुक्ति हुनु अघि विशेष समिति बाट संसदीय सुनुवाई गर्ने व्यवस्था रहेको छ । file photo