काठमाडौं,१३ वैशाख । काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा ओमानले साउदी अरबलाई ३६७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको ओमानका लागि जतिन्दर सिंहले ७९ बलमा ११ चौका र दुई छक्कासहित ८८ रनको महत्त्वपूर्ण इनिङ खेले।
कश्यप प्रजापतिले ५३ बलमा ६ चौका र दुई छक्कासहित ५१ रनको अर्धशतकीय इनिङ खेल्दा सोएब खान ७० बलमा आठ चौका र दुई छक्कासहित ६८ रन जोडेर आउट हुँदा कप्तान जिशन मक्सुद ५४ रन जोडेर आउट भए।
मोहम्मद नदिमले ३८ बलमा ६ चौका र चार छक्कासहित ७१ रनको अविजित अर्धशतकीय इनिङ खेल्दा अन्य ब्याटरको प्रदर्शन उल्लेख्य रहेन।
साउदीका लागि अतिफ उर रेहमानले सर्वाधिक तीन विकेट लिए। यस्तै, अब्दुल वाहिदले दुई तथा अब्दुल वाहिदे एक विकेट लिए।
ओमानले दिएको ३६७ रनको लक्ष्य पछयाएको साउदीले ताजा अवस्थामा २८ ओभरमा मात्र एक विकेट गुमाएर १७९ रन बनाएर खेलिरहेको छ । file photo