ताप्लेजुङ, वैशाख १४ । ताप्लेजुङको मैवाखोला गाउँपालिका(४ साँघुमा चट्याङ लागेर एक जना बालकको ज्यान गएको छ । दुईजना घाइते भएका छन् ।
गएराति करिब ९ बजेतिर घरमा बसिरहेको बेला घरमा चट्याङ पर्दा ११ वर्षका दार्ची शेर्पाको ज्यान गएको हो ।
चट्याङ लागेर बालकका बुबा दारिन्जेन शेर्पा र आमा मिङ्लाल्हामु शेर्पा घाइते भएका छन् ।
मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमका अनुसार घाइते दुवै जनाको ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।