काठमाडौं,१४ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले कतारविरुद्ध रन जोड्न निक्कै संर्घष गरिरहेको छ ।
नेपालले लगातार विकेट गुमाउने क्रममा कप्तान रोहित कुमार पौडेललाई चौथो विकेटको रुपमा गुमाएको छ ।२७ रन बनाएर खेलिरहेको पौडेललाई कतारका ववीन्स अहम्दले क्याच आउट गारएका हुन् ।
तुलनात्मक रुपमा कमजोर मानिएको कतारविरुद्ध नेपालले ३।३ ओभरमा ९ रन जोडेर दुई विकेट गुमाएको थियो । कुशल भुर्तेत ८ बल खेल्दै २ रन बनाएर आउट हुँदा भिम सार्की १२ बलमा ६ रन बनाएर आउट भएकोमा १३औं ओभरमा आसिफ शेखपनि आउट भएका थिए । उनि १९ रन बनाउँदै आउट भएका हुन् ।
ताजा अवस्थामा नेपाल १५।४ ओभरमा चार विकेटको क्षतिमा ६३ रन बनाएर खेलिरहेको छ ।file photo