Logo

कतारविरुद्ध नेपाललाई आठौं झट्का,ऐरी १२ रनमा आउट



काठमाडौं,१४ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले कतारविरुद्ध रन जोड्न निक्कै संर्घष गरिरहेको नेपाललाई आठौं झट्का लागेको छ ।

आरिफ शेखलाई २६।२ ओभरमा गुमाएको नेपालले २६ ओभरकै अन्तिम बलमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको छ । ऐरी १२ रन बनाउदै अमिर फारुखको बलमा क्याच आउट भएका हुन् ।

तुलनात्मक रुपमा कमजोर मानिएको कतारविरुद्ध नेपालले ३।३ ओभरमा ९ रन जोडेर दुई विकेट गुमाएको थियो । कुशल भुर्तेत ८ बल खेल्दै २ रन बनाएर आउट हुँदा भिम सार्की १२ बलमा ६ रन बनाएर आउट भए ।

ताजा अवस्थामा नेपाल २७ ओभरमा ७ विकेट गुमाएर १११ रन बनाउँदै खेलिरहेको छ ।
अहिले नेपालको क्रिजमा सन्दीप लामिछाने र गुल्सन झा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्