काठमाडौं, १४ बैशाख । गत ७ वैशाख गते सरस्वतीनगरस्थित भाँडा पसलमा बाग्लुङ बडीगाडकी ३५ वर्षीया निरा पाण्डे आचार्यको हत्याको बारेमा काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलले उपप्रधान एवं गृहमन्त्री नारायकाजी श्रेष्ठलाई भेटेकी छन्।
बिहीबार गृहमन्त्रालयमै गृहमन्त्री श्रेष्ठलाई भेटेकी उपप्रमुख डंगोलले हत्याको बारेमा अनुसन्धान चलिरहेको मन्त्री श्रेष्ठले बताएको प्रतिक्रिया दिएकी छिन्।
गृहमन्त्री श्रेष्ठले आफूलेपनि सो घटनाको बारेमा जानकारी लिन दिनमा दुईतीन पटक अपडेट लिइरहेको मन्त्री श्रेष्ठले बताएको भन्दै भिनन्, ‘शान्तिसुरक्षाको कुरामा कुनैपनि कम्प्रमाइज हुँदैन। यो कुरालाई पहिलो प्राथमिकतामा नै राखेका छौं। अनुसन्धानको कुराले तीव्रता लिइरहेको छ। प्रकियामा छ,’गृहमन्त्री श्रेष्ठले प्रतिक्रिया दिएको उपप्रमुख डंगोलले बताए।