काठमाडौं, १५ वैशाख । टिआरसी विधेयक सम्बन्धित समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्विकृृत भएको छ । आज (शुक्रबार) बसेको प्रतिनिधि सभा बैठकका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले संसद्मा ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक (२०७९) लाई सम्बन्धित समितिमा पठाइयोस भन्ने प्रस्ताव पेश गरेका थिए ।