काठमाडौं,१६ वैशाख । काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेटको समुह ‘बी’ को खेलमा युएईले ओमानलाई २३७रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मूलपानी क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको युएई ४९।२ ओभरमा अलआउट हुँदै २३६ रनमा समेटियो ।
युएईलाई सस्तैमा समेट्नेक्रममा ओमानका वीलान खान र जिशान मक्सुदले समान चार चार विकेट लिए ।
युएईका लागि कप्तान मुह्मद वासिमले ४८ तथा रमिद शादजेदले ४६ रनको योगदान दिए ।
यो खेलको विजेताले उपाधीको लागि नेपाल र कुवेतबीचको विजेतासँग खेल्नेछ ।