काठमाडौं, १६ बैशाख । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतबीच एकता हुने भएको छ।
नयाँ पार्टीको नाम क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल रहने र पार्टी एकताबारे अन्तिम टुंगो लागेको छ।
नयाँ पार्टीको संयोजक वैद्य रहेन र पार्टी प्रवक्तामा भने बास्तोला रहने भएका छन्।
नयाँ पार्टीमा हाल १५ सदस्यीय कार्यदल र २६७ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक समिति बनाइने जनाइएको छ।
एक वर्षभित्र एकताको महाधिवेशन गर्ने र वैशाख १८ गते मजदुर दिवसका दिन एकताको घोषणा गरिने बताइएको छ।