Logo

एसीसी कपको उपाधीको लागि नेपाल र यूएई भिड्ने



काठमाडौं,१६ वैशाख । कुवेतविरुद्ध शानदार जित हाँसिल गर्दै एसिसी प्रिमियर कपको उपाधि नजिक पुगेको नेपालले उपाधीको लागि यूएईसँग भिड्ने भएको छ ।

आज भएको सेमिफाइनल खेलमा नेपालले कुवेत र यूएईले ओमानलाई हराउँदै एक अर्कासँग भेट पक्का गरेका हुन् ।

नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८।३ ओभरमा ६ विकेटको क्षतिमा ३७ रन जोड्दा खेल वर्षाले रोकिएको थियो।

डिएलएस मेथड लागू गर्न २० ओभर खेलेको हुनु पर्ने तथा सुपर ओभर पनि गर्न सम्भव नभएपछि समूह चरणमा शीर्ष भएको आधारमा नेपालले विजयी हुँदै फाइनलमा प्रवेश गरेको हो।

उता यूएईले दिएको २३७ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको ओमानले १९० रन बनाएपछि वर्षाले खेल प्रभावित भएपछि डीएलएस मेथडबाट २ रनले विजयी हुँदै नेपालसँगको भिडन्त पक्का गरेको हो ।
नेपाल र यूएईबीचको फाइनल खेल पर्सी सोमवार हुनेछ ।



प्रतिक्रिया दिनुहोस्