Logo

निरा हत्याका आरोपी नाइट क्लबमा बाउन्सर



काठमाडौं । यही बैशाख ७ गते काठमाडौंको कपनस्थित सरस्वती नगरमा निरा पाण्डे आचार्यको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई झापाबाट पक्राउ गरेको छ ।

प्रहरीले झापाको धुलाबारीबाट हत्यामा संलग्न रहेको आशंकामा विनोद विश्वकर्मालाई पक्राउ गरेको हो । विक ठमेलको एक नाइट क्लबमा बाउन्सरको काम गर्दै आएको प्रहरी अनुसन्धानमा खुल्दै आएको छ । मृतकबाट लुटिएका सुनका गहना विश्वकर्माले बालाजुको सुन पसलमा बेचेको र पछि झापा गएर लुकेको प्रमाण फेला परेको प्रहरीले जनाएको छ।
सरस्वती नगरमा भाँडा पसल सञ्चालन गर्दै आएकी आचार्यको दिउँसै उनको पसलमै छुरा हानी हत्या गरिएको थियो ।

निकै रहस्यमय मानिएको सो घटनाको अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरोका अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरेको छ । सोही टोलीले विकलाई झापाबाट पक्राउ गरेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्