काठमाण्डौं, वैशाख १७ । सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–तानसेन सडक खण्ड रातको समयमा मात्रै बन्द हुने भएको छ ।
यसअघि गएको चैत २१ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुँदै आएको थियो ।
सिद्दबाबा सुरुङमार्ग निर्माणको पूर्व तयारीका काम गर्नका लागि दिउँसो र राति गरी ९ घण्टा सडक बन्द हुँदै आएको थियो । सुरुङमार्ग निर्माणको पूर्व तयारी सकिएकाले दिउँसोको समयमा गाडी चलाउन सुरु गरिएको छ ।