काठमाण्डौं, वैशाख १७ । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तेस्रो स्थानको लागि कुवेतले ओमानलाई १ सय ३१ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेत ३१ ओभर ३ बलमा १ सय ३० रनमा अलआउट भयो । उसका लागि अदान इद्रिसले सर्वाधिक ३४ रन बनाए । बलिङतर्फ ओमानका जय ओदेद्राले ५ विकेट लिए ।
कुवेत नेपालसँगको खेल वर्षाका कारण रद्द भएपछि र ओमान यूएईसँग हारेपछि तेस्रो स्थानका लागि खेलिरहेका हुन् । नेपाल र यूएई फाइनलमा पुगेका छन् । फाइनल खेल भोलि हुनेछ ।
भोलि वर्षा भएमा खेल पर्सि हुनेछ । प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।